सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफले बजारमा ल्यायाे सहि Plane बिमा याेजना


धनगढी ,सहि साेचाै सहि राेजाै भन्ने नाराका साथ सूर्यज्याेति लाईफ ईन्स्याेरेन्सले   सहि Plane बिमा याेजना बजारमा ल्याएकाे छ।

नेपालकाे जिबनबिमा कम्पनी हरूमा ऐतिहासिक सफल मर्जर पश्चात् बनेकाे सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडले अाज   सुदुरपश्चिम प्रदेशकाे धनगढीमा नेपालकाे जिबनबिमा ईतिहासमै पहिलाे पटक न्यूनबिमा शुल्कमा ठुलाे बिमाङ्क काे लाभ लिन सक्ने बिमा याेजना सहि Plane याेजनाकाे शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे छ ।
सूर्यज्याेति लाईफ का सिनियर डेपुटी सिईयाे श्री पवन कुमार खड्काकाे अध्यक्षता संचालित कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदुरपश्चिम प्रमुख हृदयश्वर पण्डित प्रमुख अतिथि रहनु भएकाे थियाे ।
समय सापेक्ष नयाँ बिमालेख बजारमा ल्याउन सफल भएकाेमा सूर्यज्याेति लाई हार्दिक धन्यवाद दिनुका साथै प्राधिकरण बिमाक्षेत्रकाे बिकास मा सधै समन्वय गरि अगाडि बढ्न तत्पर रहेकाे प्रमुख अतिथि पण्डित ले शुभकामना मनतब्य राख्नुभएको थियाे ।
कम्पनिका सिनियर डेपुटि सिईयाे तथा कार्यक्रम का सभापति पवन खड्काले कम्पनी ले नेपालकाे भुगाेल र न्यून अाए भएका नेपाली हरूलाई समेत कम बिमा शुल्कमा कसरी बिमाकाे दायरामा ल्याई उनिहरूकाे परिवारकाे सुरक्षा गर्न सकिन्छ भन्ने साेचले सहि साचाै,सहि राेजाै भन्ने नाराका साथ हरेक नेपालीको घर ,हरेक नेपाली काे बिमा काे रूपमा याे याेजना लाई कम्पनी ले बजारमा ल्याएकाे जानकारी दिनु भयाे ।
कार्यक्रम संचालन धन सिह धामीले  गर्नु भएकाे थियाे ,साथै कार्यक्रममा यसकम्पनीमा कार्यरथ अभिकर्ता,ऐजेन्सीमेनेजर एबम् संचार कर्मी हरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *