घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका कृषि अधिकृतले दिए राजिनामा


धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्।

नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए।

नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले कृषि अधिकृत भट्टको गत साउन २२ गते लागु हुने गरी राजिनामा स्वीकृत भएको युगदर्पण लाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *