दीपक मनाङेले गरे एकीकृत समाजवादी प्रवेश


मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराए।

मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले भनेका छन्, ‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा अनुरोध गर्दछु।’

मनाङे मनाङ प्रदेश ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित सांसद पनि हुन्।

मनाङे मनाङ–१ (ख) बाट विजयी भएका थिए। उनलाई नेपाली कांग्रेस र नेकपा एमालेसहितले समर्थन गरेका थिए।

अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए।

उनी अहिले गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका छन्।

प्रदेश सरकारको पहिलो कार्यकालमा उनी एमाले नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिकामा थिए। पछि उनी कांग्रेस नेतृत्वको सरकारमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *