काठमाडौँ- महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी ५ कुमाइखोलामा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा ३२ जना सहभागी रहेका थिए। प्रतियोगितामा कक्षा ८ कि छात्रा रश्मि भण्डारी प्रथम भएकी छन्। त्यस्तै, कक्षा १० की छात्रा सशान बस्नेत द्वितीय भएकी भने कक्षा ५ का छात्र रोशन तामाङ तृतीय भएका छन् ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको अपस्थिति रहेको थियो।

