तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो


दार्चुला :  ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर मतदान केन्द्रको मतपेटिका छाङरु ल्याइएको तिंकर मतदान केन्द्रका मतदान अधिकृत मोहन सिंह धामीले जानकारी दिनुभयो ।

छाङरु मतदान केन्द्रको मतपेटिका पनि सोही हेलिकप्टर मार्फत सुन्सेरा ल्याइएको छ । ति मतपेटिकाहरु छाङरुमा हुँदा सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको थियो । तिंकरको मतदान केन्द्रमा २३१ मत मध्ये १३६ मत खसेको र छाङरुको मतदान केन्द्रमा ३७५ मध्ये २१९ मत खसेको मतदान अधिकृतहरुले बताएका छन् ।

सेनाको हेलिकप्टरले निर्वाचनमा त्याहा खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरुलाई समेत सुन्सेरा ल्याएको थियो । यसैबिच गाउँपालिकाको ६ वटै वटाका मतपेटिकाहरु सुन्सेरा पुगे संगै मत गणनाका गर्नका लागी अहिले सर्वदलिय बैठक बसिरहेको निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । बैठकले गरेको निर्णयका आधारमा तुरुन्तै मतगणना गर्ने तयारी थालिएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *