दार्चुला । शैल्यशिखर नगरपालिका वडा नं. ६ बाट नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता परिवर्तनकाे पक्षमा भएकाे बताएका छन् ।
चुनाव प्रचारकाे सिलसिलामा वडाकाे मिलमिली क्षेत्रमा रहेका धामीले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भइसकेकाले आसन्न चुनावमा परिवर्तन देख्न पाइने बताएका हुन् ।
धामीले शैल्यशिखरमा नेकपा एमालेकाे स्थिति मजबूत भएकाे बताउँदै विपक्षमा भएर पनि आफूहरूले जनताकाे सेवा गरेकाले जित सुनिश्चित भएकाे उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन्, मेयर र उपमेयरलगायत सबै पदमा हाम्राे जित सुनिश्चित छ ।’
शैल्यशिखरमा एमालेबाट मेयरमा विजयसिंह धामी र उपमेयरमा शान्ति खडायतले उम्मेदवारी दिएका छन् भने सत्तारूढ गठबन्धनबाट मेयरमा अमरसिंह धामी र उपमेयरमा राजमती बम पालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, वडा नं. ६ काे वडाध्यक्षका लागि एमालेबाट कल्यानसिंह धामी र गठबन्धनबाट जगदिश धामीले उम्मेदवारी दिएका छन् ।