भरतपुरकी मेयर रेनु दाहालले उम्मेदवार बन्न राजीनामा दिईन


चितवन। चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिएकी  छिन् ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् ।

पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी हुन् ।

गठबन्धनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *