दार्चुला काङ्ग्रेसका युवा नेता हंशराज भट्ट पुन: मेयर पदका लागि सर्वसम्मत चयन


धनगढी  । यही वैशाख ३० को स्थानीय निकायको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काग्रेसबाट बहालवाला नगर प्रमुख हंश राज भट्ट  चयन भएका छन् । नेपाली कांग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पून: सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । आफ्नो मेयरको पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई कांग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो । जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरु कुनै नै कुनै विवादमा फसेपनि वौद्धिक र स्वच्छ आर्थिक चरित्रका कारण पून मेयरको उम्मेदवारका लागि चयन भएसँगै स्थानीय कार्यकर्ता खुसी भएका छन् । पाँच वर्षे कार्यकालमा मेयर भट्टले महाकाली गरपालिकाको विकास निर्माणमा राम्रो भूमिका खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *