बैतडीका युवा नेता सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा


दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो ।

आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि उठेर डिलाशैनीका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समृद्ध डिलाशैनीका लागि शुभचिन्तकहरुको सल्लाह अनुसार मैले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *