काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गरेका हुन् ।महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठूलो(ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ । उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए ।शर्माले आगामी निर्वाचनमा कांग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठूलो र बहुमतको पार्टी बन्ने धारणा राखे ।