बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित


काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्यले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बोनस दर घटाएर प्रकाशित गरिएको घट्नाले स्तब्ध बनेको उल्लेख गरेका छन् ।

अमात्यले आज प्रकाशित गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले लाखौं अभिकर्ता र बिसौं लाख बीमितहरुप्रति गरेको विश्वासघातको निन्दा गर्दै लाखौं अभिकर्ता र बिसौं लाख बीमितहरुको तर्फबाट उक्त कार्य अविलम्व सच्याई अभिकर्ता र बीमितहरुलार्य दिएको आश्वासनलाई ग्यारेन्टी गरी समय सापेक्ष बोनसदर बृद्धिको जोडदार माग गर्दछौं ।’

बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष अमात्यले २०५८ सालमा कम्पनी स्थापना हुँदा ६५ रुपैयाँ बोनस दिने भनेर प्रतिबद्धता जनाइएको स्मरण गराउँदै अहिले घटाउनु झुक्याउने काम भएको बताए । उनले कम्प्नीलाई २०६० सालको घटना स्मरण गर्न चेतावन दिएका छन् । अध्यक्ष अमात्यले कम्पनीले बोनस बढाउनुपर्नेमा उल्टै घटाएर लाखौं बीमा अभिकर्ताहरुलाई झुठो र फाटाहा बन्न बाध्य पारेको आरोप लगाएका छन् ।

नेपाल लाइफसहितका ठूला बीमा कम्पनीहरुको बोनसदर फ्युचर बोनसका कारण प्रभावित भएको हो । नेपाल लाइफ सर्वाधिक बीमा पोलिसी भएको कम्पनी भएकोेले फ्युचर बोनसलाई धेरै रकम प्रोभिजन गर्नु पर्दा बोनस रकम ६५ बाट ६० रुपैयाँ न्यूनतम्मा झरेको छ । यद्यपि नेपाल लाइफको व्यवस्थापन खर्च उच्च रहेको, लगानी विविधिकरण गरेर मुनाफा हुन क्षेत्रमा लगाउन नसकेको जस्ता आरोप कम्पनीमाथि अभिकर्ताहरुले लगाउँदै आएका छन् । नेपाल लाइफको जीवन बीमा कोषमा मात्र्र एक खर्ब २० अर्बभन्दा बढि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *