राजेश हमालले भने- ‘एकचोटी काठमाडौँको मेयर बन्न मन लाग्याे`


काठमाडौँ । नायक राजेश हमालले काठमाडाैँ महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो क्लिप्समा उनले काठमाडौँको विकास हुन नसकेको भन्दै मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् ।

बुधबार सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नाम दिइएको भ्लगको ट्रेलरमा हमालले काठमाडौँको सौन्दर्यीकरण हुन नसकेको र यसमा नेताहरुको ढङ्ग नपुगेको टिप्पणी गरेका हुन् ।

  1. ‘शहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’ उनले थपेका छन्– ‘एकचोटि काठमाडौँ शहरको मेयर बन्नु पो पर्छ कि क्या हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *