रिलायन्स लाइफको सिईओ बने राकेश पोखरेल, बीमा समितिले दियो स्वीकृति


काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओ बनेका हुन् । ‘पोखरेललाई सिईओ बनाउने निर्णय पास भैसकेको छ, आज भोलीमै पत्र दिन्छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले युगदर्पणलाइ भने ।

पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *