काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।
कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।