काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।
एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।