सुदूरपश्चिममा अधिकांश नागरिकले घरैमा रोजगारी पाएः त्रिलोचन भट्ट


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।  सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको मुख्यमन्त्री भट्टको दाबी छ। यस्तै युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *