जनप्रतिनिधि र कर्मचारीको सात दिनको तलब विपद कोषमा जम्मा गरिने


दार्चुला । दार्चुला को दुहुँ गाउँपालिकाले दुहुँ बाढिपीडित पुर्नस्थापनाको लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ । दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३गते आएको बाढिपहिरो पीडितको पुर्नस्थापनाको लागि रकम जम्मा गर्ने निर्णय गरेको हो ।
दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुको सात दिन बराबरको तलब दुहुँ गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका प्रवक्ता गोविन्द डडालले जानकारी दिनुभयो ।
बाढिपहिरोका कारण एक सय बढि घरधुरी विस्थापित भएका छन् । दुहुँका पाँच वस्ती पुर्ननिर्माण गर्नुपर्ने भएको छ । अर्बौै बराबरको सम्पत्ति क्षति भएको छ । पूरै बस्ती पुर्नस्थापना गर्न अहिले गाउँपालिकाले सहयोग समेत संकलन गरिरहेको छ ।
बैठकले दुहुँ गाउँपालिकालाई पुनर्निर्माण र पुर्नस्थापना गर्न विशेष गाउँपालिका घोषणा गर्न प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता डडालले बताउनुभयो । बाढीबाट क्षतविक्षत भएका सार्वजनिक संरचनाहरु पुर्ननिर्माणका लागि प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *