बैतडीमा पुल भत्किँदा विद्यालय गइरहेका २ बालक घाइते


बैतडीमा पुल भत्किँदा २ बालक घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–८ मा खोला तर्दै पुल भत्किँएपछि २ बालक घाइते भएका हुन्। घाइते हुनेमा महेश्वर आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय असोक पन्त र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय दिनेश ऐर रहेका छन्।

कुक्कौ खोलामा हालेको पुल भत्किँएपछि उनीहरु घाइते भएका विद्यालयका प्रधानाध्यापक जय सिंह भाटले जानकारी दिएका छन्। घाइते दिनेशको हातमा चोट लागेको र अशोकको टाउकोमा चोट लागेको प्रधानाध्यापक भाटले बताए।

उनीहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *