जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु


डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि जनकपुरधाममा शुरु भएको छ ।

पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीका उपमहासचिव वसन्त कुशवाहाले जानकारी दिए ।

उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको उपमहासचिव कुशवाहाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *