प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी


प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी

२९ भदौ, काठमाडौं । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता जारी छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल चलिरहेको छ ।

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल चलिरहेको प्रचणडको सचिवालयले जनाएको छ ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भएपछि नेताहरु अहिले दौडधुपमा छन् । सत्ता साझेदार दल बीच सहमति गरेर छिटो मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरिरहेको नेताहरूले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *