- साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हाे । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ । काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ ।
Previous Post: एक वर्षमा ७ जनाको लियो सेती नदीले