काठमाडौं । बीमा समितिले धनगढी उप महा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उप महा नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल ले नेपालको बिमा प्रणली को बारेमा प्रकास पार्नु भएको थियो । उप निर्देशक बिरोध भट्र्ट ले बिमा को दाबिभुक्तानि का बारेमा बिमा गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो । बिमक संघका तर्फबाट चंखी क्षेत्री र नारायण कुमार भट्टराइ ले छलफलमा उठेका प्रश्न हरु माथी प्रकास पार्नु भयो ।
निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै उप महानगरपालिका मेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको प्रदेश प्रमुख र शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको सहभागिता थियो ।
कार्यक्रमका सहभागीहरुले बिमा दाबीगर्दा सारै झन्जटीलो हुने भएकाले समयमै दाबी भुक्तानि गर्नसके जनमानसमा बिमा प्रतीको विश्वास बड्ने बताउनु भयो ।