सुदूरपश्चिम प्रदेश युवा परिषद सदस्यमा दार्चुलाका धामी नियुक्त


सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको हो । यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन ।

मंगलबार दार्चुलाबाट हिरासिंह धामी सहित विभिन्न जिल्लाबाट सदस्यहरु नियुक्त भएसंगै समितिले पुर्णता पाएको हो ।समावेशीता र भुगोलका आधारमा रहेर रिक्त सदस्यहरु पदपुर्ती गर्नु पर्ने भएकाले केही बिलम्ब भएको सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले जानकारी दिनुभयो । रिक्त पदहरुमा पदपुर्ती गर्दै मनोनित सदस्यहरुलाई आजै सपथग्रहण पनि गराईएको छ ।अब प्रदेश सरकारले युवाका क्षेत्रका अख्तियार गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

समृद्ध प्रदेश निर्माणका लागि उत्पादनसँग युवाहरुलाई जोडेर दक्ष युवा उत्पादनमा जोड दिने परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताउनुभयो ।शपथ ग्रहण समारोहमा सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउँदको समेत सहभागिता रहेको थियो । यस्तै शपथ ग्रहण कार्यक्रमपछि सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यालयको पनि उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *