दार्चुला – सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।
पुर्नगठनसँगै दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामीले उद्योग वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् ।
त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बनाएका छन् ।
Previous Post: थप ६७१४ जनामा कोरोना सङ्क्रमण, १४५ जनाको मृत्यु
Next Post: कैलालीमा जेठ ३१ गते सम्म लम्बियो निषेधाज्ञा