धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएसंगै सहयोगका लागी अपिल गरेको थियो । सो अपिलसंगै मेयर कल्याणकारी कोषमा रकम सहयोग गर्नेहरु दिन प्रतिदिन बढिरहेका छन् ।
आजपनि संगम सहकारीले सो रकम उपलब्ध गराउकोमा मेयर वडले धन्यबाद दिएका छन् । यस्तै निजि क्षेत्रको सहयोगबाट चाँडै प्लान्ट सञ्चालन हुने मेयर वडले बिश्वास ब्यक्त गरेका छन् । संगम सहकारी संस्थाका अध्यक्ष नरेश बिष्टले आम नागरिकको जिउ ज्यान बचाउन उप महानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । संगम सहकारी संस्था नाफामुखी मात्रै नभएर सेवामुखी समेत भएको बताउँदै उनले यस्तै सामाजिक कार्यमा संस्था अँझ कटिबद्ध रहने प्रतिबद्धता ब्यक्त गरे ।
Previous Post: महाकाली नदीमा फसेका १० जनाको उद्धार