काग्रेस नेत्री आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ


धनगढी । नेपाली कांग्रेसकी नेतृ डा। आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा यहाँका उद्योगी, व्यवसायी लगायतकाले सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *