अक्सिजन सहित ५० शैय्याकोे आईसोलेशन तयार गर्दै दार्चुलाको महाकाली नगरपालिका


दार्चुला,   कोरोना संक्रमित बिरामीको सहजता तथा जिवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन निर्माण भइरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर नगरपालिका क्षेत्र भित्र तथा जिल्लाभरी नै फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको आईसोलेशन तयार गरिरहेको उहाले बताउनुभयो ।
स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको उहाको भनाई छ । “कोरोना संक्रमित बिरामीको अक्सिजन अभावका कारण दिन प्रतिदिन मृत्यु भइरहेको अवस्थालाई समेत दृष्टिगत गर्दै अक्सिजन सहितको आईसोलेशन तयार गरिरहेका छौ, नगर प्रमुख भट्टले भन्नुभयो ।”
अक्सिजन सहित ५० शैय्याको आईसोलेशन नगरपालिकाको वडा नम्बर ४ सदरमुकाम खलंगा स्थित महेन्द्र माविको भवनमा तयार भइरहेको उहाले जानकारी दिनुभयो । आईसोलेशन निर्माणमा प्रयोग हुने सबै सामग्री पुगी सकेको तथा धनगढीबाट ल्याइएको बताइएको छ ।
अक्सिजन सहितको आईसोलेशन निर्माणको काम एक दुई दिन भित्रमै सकेर जिल्ला अस्पताल संगको सहकार्यमा संचालनमा ल्याइने जनाइएको छ । उक्त आईसोलेशन कोरोना संक्रमित अक्सिजन दिनु पर्ने बिरामीलाई राखिने नगरपालिकाले जनाएको छ । नगरपालिका सहित दार्चुला जिल्ला भरी हाल सम्म ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ति मध्ये ४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *