काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीले पार्टी विधान २०४९ को धारा ४९ ‘ख’अनुसार ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीहरूबाट दुई नेतालई निलम्बन गरेका हुन्।
नेता नेपाल र रावललाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ओलीले दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका हुन्।
यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिने तर, सच्चिने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्। त्यसको जवाफ उनीहरुले चैत १२ गते पठाएका थिए ।
आजै मात्रै नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए।