काठमाडौँ, राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी÷लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ ।
विभागले सन्तोषी÷लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ । विभागका अनुसार उनीहरुले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर रु ३३ लाख ३१ हजार २२ बराबरको भ्याट र रु ५९ लाख ४६ हजार ४६८ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ । सन्तोषी–रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ ।