वाइसिएल राष्ट्रिय भेलाको मिति तोकियो


काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि हिजो र आज बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिनुभयो ।

सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेलाअगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेला आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने छन् । बैठकले राष्ट्रिय भेलाअगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *