इन्धनको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग


काठमाडौँ, यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात भाडा बढाउन माग गरेका छन्। यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो। महासंघले पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको बताउँदै चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरू सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन्।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर यस्तो माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *