उखु किसानको भुक्तानीको समस्या अब दोहोरिन्न -मन्त्री अर्याल


काठमाडौँ, सरकारले उखु किसानहरूको उखु बिक्री तथा भुक्तानी समस्याको दीर्घकालीन समाधान भएको बताएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्यालले उखु किसानको भुक्तानी समस्याको समाधान समस्या पुनः नदोहोरिने गरी निकालिएको दाबी गरेकी छन्। उनले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा, सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको जानकारी दिइन्। मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यामाथि तत्काल गर्न सकिने सम्बोधन, दीर्घकालीन समस्या र तिनको समाधान के हुन सक्छ भनेर अध्ययन गराएको समेत बताएकी छन्।

कृषि मन्त्रालय आफैँले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैयाँ समेत किसानको खातामा गइसकेको उनको भनाइ छ। किसानहरूले फेरि पनि यस प्रकारको समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने मन्त्री अर्यालले बताइन्। किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्था उखु किसान दर्ता हुनासाथ हट्ने उनको दाबी छ। उनले भनिन्, ‘किसान दर्ता प्रक्रियामा आएपछि सरकारले दिने अनुदान किसानको बैंक खातामा जानेछ। यससँगै किसानलाई उखुको उन्नत जातको बिउ उपलब्ध गराउन मित्र राष्ट्र भारतबाट ल्याउने गरी परराष्ट्र मन्त्रालयमार्फत् कृषि मन्त्रालयले काम अगाडि बढाइसकेको छ।’

उनले किसानहरूको बक्यौता भुक्तानी ८५ प्रतिशत भइसकेको पनि दाबी गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *