काठमाडौँ, नेपाल प्रहरीले १ करोड ८५ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ ५ गतेको फैसलापछि १ महिना कैद र बिगोबमोजिम १ करोड ८५ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मंगलवार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिइन्।
पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभू बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।
उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३९ ग बमोजिमको कसूरमा दफा १५९१० बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।
पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि बुधवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले बताइन्।