काठमाडौँ, माधव कुमार नेपाल पक्षको नेकपा एमालेले घोषणा गरेको राष्ट्रिय कार्यकर्ता भेला यतिबेला सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ। भेलाको अध्यक्षता पार्टिका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने कार्यक्रमको विशेष आतिथ्यता नेता माधवकुमार नेपालले गरेका छन्।
भेलामा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्ष युवराज ज्ञवााली, नेताहरू भीम रावल, अष्टलक्ष्मि शाक्य, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता रहेको छ।
भेलालाई सम्बोधन गर्दै नेत्री अष्टलक्ष्मी शाक्यले ओली पक्षले निकालेको विज्ञप्तिको प्रसँगमा बोल्दै भनिन् ‘हामीले यहाँ भेला गर्दा बालुवाटारलाई पीडा भएछ। त्यसकारण भेलामा गए कारबाही गर्ने भनेर महासचिवले प्रेस विज्ञप्ति नै निकालेछन्। उनले अगाडि भनिन्, म त ओली कमरेडलाई आग्रह गर्न चाहन्छु, कमरेड अझै समय छ, यो भेलामा आइदिनुस्’!
नेत्री शाक्यले प्रधानमन्त्री ओलीले आफूहरूले गरेको कार्यकर्ता भेलाबाट विचलित हुन जरूरी नभएको बताएकी हुन्।