एमालेले फिर्ता लियो कर्णालीका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन


काठमाडौँ, नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिएको हो। एमाले ओली पक्षका १० प्रदेश सभा सांसद उपस्थित बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कर्णाली प्रदेशमा एमालेका २० सांसद छन्।

त्यस्तै बैठकले एमाले पुनःस्थापना भइसकेपछि सोहीअनुसारको व्यवस्था गर्न संसद् सचिवालयलाई आग्रह गर्ने, सरकारमा रहेको समर्थन फिर्ता लिने, मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने, दलको नेताको जिम्मेवारी यामलाल कँडेललाई दिने, संसदीय दलको बैठकमा अनुपस्थित सांसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *