नेपाल समूहको भेलाको प्रमुख अतिथिमा ओलीलाई बोलाइयो


काठमाडौँ,  नेकपा (एमाले) को माधव नेपाल समूहले चैत ४ र ५ गते गर्न लागेको कार्यकर्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छ।

अध्यक्ष ओली समूहले भेलाको विरोध गरेपछि उनलाई प्रमुख अतिथिका रूपमा बोलाइएको हो। प्रधानमन्त्री ओलीले बालुटारमा आज आयोजित चियापान कार्यक्रमबाट भेला रोक्न आग्रह गर्दै भेला गरिए अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए।

लगत्तै दिउँसो २ बजे हेरिटेज गार्डेन सानेपामा पत्रकार सम्मेलन गरेर माधव समूहले अध्यक्ष ओलीलाई नै भेलाको उद्घाटनको निम्तो दिएको हो। माधव समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलनमा ओलीले आफूहरूको भेला र कार्यकर्तामाथि नजर राखेको भन्दै ओलीलाई नै भेलाको उद्घाटन गर्न आउन निम्तो दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *