राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक


काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्।

शीतल निवासमा मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएको हो। बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ।

सर्वदलीय बैठकको एजेण्डा खुलाइएको छैन। स्रोतकाअनुसार राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरेकी हुन्। मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो।

सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *