काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ।
बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। बिहान साढे ११ देखि सुरु भएको द्विपक्षीय वार्ता अहिले साढे १ बजे सकिएको हो। दुई पक्षको वार्ता सकिएपछि यतिबेला पार्टी अध्यक्ष ओली र नेपालबीच वान-टु-वान वार्ता भइरहेको छ।
नेता पन्तका अनुसार ओलीद्वारा आह्वान गरिएको आउँदो ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकमा माधव पक्षले सहभागिता नजाउने अडान कायमै राखेको छ।
करिब चार महिनापछि अध्यक्ष ओली र नेता नेपालबीच प्रत्यक्ष संवाद भएको हो।