नेपाल र खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ताका लागि कोटेश्वर पुगेका छन्।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्ड खनाल र नेपालसँग कुराकानी गर्न कोटेश्वर पुगेका हुन्।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइ दिएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन्। खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन्। त्यस्तै एमालेमा नेपाल र खनालले समानान्तर कमिटी गठन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *