सिरहा बम विस्फोटमा गम्भीर घाइते भएकालाई काठमाडौँ पठाइयो


काठमाडौँ, सिरहाको मालपोत कार्यालयमा आइतबार दिउँसो भएको विस्फोटमा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ५ जनालाई काठमाडौँ ल्याइएको छ।

विस्फोटमा ७ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुने सेवाग्राही रहेको प्रहरीले बताएको छ। घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिए पनि अहिले सम्म कसैले पनि औपचारिक रुपमा घटनाको जिम्मेवारी लिएको छैन।

मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर बम विस्फोट भई उक्त दुर्घटना हुन पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *