काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा अरूको पछि लागेर सरकारमा नजाने बताएका छन्।
पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। राति अबेर समाजिक सञ्जालमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरू आफै देशको नेतृत्व गर्ने बताएका हुन्।
उनले जान्नैपर्ने कुरा भन्दै जसपाका तीन विशेषता औंल्याउँदै यस्तो टिप्पणी गरेका हुन्।