बस व्यवसायीको चुनावमा एमाले-माओवादी गठबनधनको जित


काठमाडौँ, शनिबार बुटवलमा भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ। बुटवलको यस संस्था देशकै ठूलो बस व्यवसायी संस्था हो।

जम्मा ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले-माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका हुन्। एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरू दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरू पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। माओवादी केन्द्र निकट खरेल प्रा.लि. का निवर्तमान अध्यक्ष हुन् भने कांग्रेस निकट गाहा प्रबन्ध सञ्चालक थिए। २३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो।

खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पीएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका छन्। यस्तै, पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मतसहित विजयी भएका निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिए। अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था छ।

हाल निर्वाचित सञ्चालक समितिबाट प्रा.लि. को नयाँ नेतृत्व चयन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *