ग्रामी २०२१ र टेलर स्विफ्ट


काठमाडौँ, सन १९५९ देखि आयोजना हुँदै आएको ग्रामी अवार्ड अमेरिकाको संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डमध्येमा पर्छ। ‘द रेकर्डिङ एकेडेमी’ ले प्रदान गर्ने ग्रामीको ६३ औँ संस्करण यही १४ मार्चमा हुँदैछ।

८४ विधामा अवार्ड बाँडिनेमा एल्बम अफ दि इअरमा यतिबेला सबैको ध्यान केन्द्रीत छ। ग्रामीको मुख्य विधा मानिने एल्बम अफ दि इअरमा टेलर स्विफ्टको फल्कलोर हुनुले पनि यसको चर्चा बढाएको हो। टेलरसँगै एल्बम अफ दि इअर अवार्डका लागि अन्य सात कलाकारको प्रतिस्पर्धा रहनेछ।

टेलर चौँथोपटक ग्रामीको एल्बम अफ दि इयर अवार्डका लागि नोमिनेसनमा परेकी हुन्। यसअघि २०१० मा फियरलेस, २०१६ मा १९८६ र २०१४ मा रेडबाट उनी नोमिनेसनमा परेकी थिइन्। रेडबाहेकका सबै एल्बमले उनलाई एल्बम अफ दि इयरको अवार्ड दिलाएका छन्।

यो वर्ष पनि एल्बम अफ दि इयरको अवार्ड टेलरले पाएमा उनी सबैभन्दा बढीपटक एल्बम अफ दि इअरको अवार्ड पाउने कलाकारमध्येमा पर्ने छिन। वर्ष २०२० को सबैभन्दा बढी बिक्री भएको एल्बम भएकाले पनि ुफल्कलोरुलाई एल्बम अफ दि इअरको दाबेदारको रुपमा हेरिएको छ।

ग्रामीको एल्बम अफ दि इयरसँगै अन्य टेलरका गीतहरू कार्डिगन, एक्जाइल, ब्युटिफुल घोस्ट, विभिन्न विधामा अवार्डको लागि मनोनयनमा परेका छन्। उनले अहिलेसम्म विभिन्न विधामा १० वटा ग्रामी अवार्ड जितिसकेकी छन्। ग्रामीसहित टेलरले अहिलेसम्म ४ सय बढी अवार्ड पाइसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *