ओलीको विरोधमा खनाल–नेपाल पक्षको देशभर भेला आह्वान


काठमाडौँ, नेकपा एमालेको खनाल–नेपाल समूहले देशभर कार्यकर्ता भेला आह्वान गरेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरूको विरोध गर्दै देशभर कार्यकर्ता भेला आह्वान गरेको हो।

बैठकले आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाएको हो। भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारीलगायतलाई बोलाइएको एक नेताले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *