एमालेको महाधिवेशन मंसिरमा, नेपाल पक्ष नेताको जिम्मेवारी खोसियो


काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक बोलाई विभिन्न निर्णयहरु गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित बैठकले पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएका गृहमन्त्री रामबहादु थापा ‘बादल’सहित २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

योसँगै एमालेको केन्द्रीय कमिटी दुई सय ६४ जना पुगेको छ। यस्तै बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा बादल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ।

साथै, बैठकले संगठन विस्तारको जिम्मेवारी विष्णु पौडेललाई दिने भएको छ। विदेश विभागको जिम्मेवारीमा डा. राजन भट्टराई र पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने भएको छ।

बैठकले नेता नेपाल पक्षमा भएका नेताको जिम्मेवारी खोसेको छ। यसै बैठकबाट पार्टीको महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *