प्रधानमन्त्रीले जसपा नेताहरूलाई बालुवाटार बोलाए


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेताहरूलाई बालुबाटार डाँकेका छन्।
बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि डाँकेको बताइएको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ। वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्ने अवस्थामा प्रधानमन्त्री ओलीले सोही विषयमा छलफल गर्न जसपा नेताहरूलाई डाँकेका छन्।

संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राईले बिहीबार छलफल गरेका थिए।

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ। तर जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *