काठमाडौं, सहिद स्मारक बी डिभिजन लिगको बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित पराजित गरेको छ।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ।
खुमलटारलाई सुखल अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे। खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ। एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ।
खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ। बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ। यता नयाँवस्ती युवा क्लबसँग पराजित भएसँगै पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ुसी’ डिभिजन लिगमा घटुवा भएको छ। ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो।
अन्तिम खेल जित्नु पर्ने भएपनि जित निकाल्न नसक्दा सि डिभिजन लिगमा घटुवा हुन पुगेको हो। नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे। पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काएपनि यो जित निकाल्न पर्याप्त भएन।
जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोडदै नवौं स्थानमा रहेको छ।
बिहीवार लिगमा अन्तिम खेल हुनेछन्। पहिलो खेल झम्सीखेल युथ क्लब र मध्यपुर युथ एसोसियन तथा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो बीच हुनेछ। दुबै खेल एन्फाका मैदानमा हुनेछन्।