काठमाडौं, आज महाशिवरात्री पर्व देशभर मनाइँदैछ । काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा शिवको दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागिरहेको छ।
शिवरात्रीका दिन भक्तजनको भीड व्यवस्थापनका लागि पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ।
देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन्। भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ।
हेरौँ कुन कुन क्षेत्रमा सवारी चलाउन रोक लगाइएको छ ?