हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध


दमौली, तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज अपराह्न आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।
साना सवारी साधन सञ्चालन भए पनि ठूला साधन रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग चलाउनका लागि बेलचौताराबाट एक्साभेटर मगाइएको र करीब आधा घण्टामा चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *