सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम


जुम्ला, नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो ।

चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अङ्गद धामी हुनुभयो । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताउनुभयो ।

साथै विश्व कीर्तिमान कायम गर्नुभएका पृथक धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिनाका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *